NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपमा नेपालले १० स्वर्ण र दुई रजत

कठमाडौ  । भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपमा नेपालले १० स्वर्ण र दुई रजत पदक हात पारेको छ ।

मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा भएको उक्त च्याम्पियनशिपमा नेपालका राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टोलीले कातातर्फ स्वर्ण जित्न सफल भएको मुम्बईबाट प्रतियोगिता रेफ्री एवं नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिए ।

श्रीजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मिलित टोलीले नेपालका लागि महिला टिममा पनि स्वर्ण जित्यो । श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमितेतर्फ स्वर्ण जितिन् ।

श्रीजना महताराले क्याडेट व्यक्तिगत कातामा स्वर्ण तथा ५५ केजी कुमितेतर्फ रजत जोडिन् । नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर व्यक्तिगत कातामा रजत प्राप्त गरिन् । टिममा स्वर्ण प्राप्त गरेकी सञ्जु देसारले जुयिनर व्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जित्न सफल भइन् ।

पुरुषतर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्कीले जुनियर व्यक्तिगत कातामा स्वर्ण जित्न सफल भए । नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधिसहित मिक्स मार्सल आर्टको एमएमए बेल्टसमेत प्राप्त गर्न सफल भएको टोली नेतासमेत रहेका मानन्धरले जानकारी दिए।

नेपालको टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र व्यवस्थापकमा सानुभाई थापा मगर हुनुहुन्छ । च्याम्पियनशिपमा नेपाल, भारत र रसियाका गरी चार सय २५ खेलाडीहरूको सहभागिता रहेको थियोे ।