NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ट्विटर प्रयोगकर्ताहरूद्वारा सीइओ एलोन मस्कलाई हटाउन मतदान

सान फ्रान्सिस्को । ट्वीटर प्रयोगकर्ताहरूले सोमबार विवादास्पद मालिक एलोन मस्कलाई सीइओको पदबाट हटाउनको लागि मतदान गरेका छन् ।

जुन उनले आयोजना गरे र सम्मान गर्ने वाचा गरे, उनले मस्कले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएको केही हप्तापछि उनले ट्वीटे प्रयोगकर्ताहरूमा सो आग्रह गरेका थिए ।

एक करोट ७० लाख भन्दा बढी ट्वीटर प्रयोगकर्ताहरू मध्येबाट ७५।५ प्रतिशतले उनको विपक्षमा मतदान गरेका थिए ।

मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका समेत मालिक पनि हुन् । उनले अक्टोबर २७ मा ट्विटरको प्रमुख भएदेखि बारम्बार विवादमा आएका थिए ।

उनले कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको, पत्रकारहरूलाई प्रतिबन्ध लगाएको र पहिले निस् शुल्क सेवाहरूको लागि शुल्क लिन खोजेपछि उनको विरुद्ध आक्रोश बढेको थियो।