अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन अमेरिकी राजदूतमा नियुक्त
काठमाडौं । ठूलो जिम्मेवारी सम्हालेका व्यक्तिले सानो जिम्मेवारी लिन नहुने नेपाली मानसिकता छ । कथंकदाचित कसैले यस्तो उदारता देखाएमा त्यस्ता व्यक्तिलाई हियाउने हाम्रो प्रचलन छ ।
तर परदेशको परम्परा भने फरक छ । त्यहाँ राज्यको उच्च ओहदामा पुगिसकेका व्यक्ति पनि सामान्यस्तरको जिम्मेवारी विनाहिच्किचावट ग्रहण गर्छन् ।
यसकै पछिल्लो उदाहरण बनेका छन्, अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड । उनलाई त्यहाँको सरकारले अमेरिकाको राजदूतमा सिफारिस गरेको छ । हाल कार्यरत राजदूतको
कार्यकाल सकिनुअघि नै अस्ट्रेलिया सरकारले पूर्वप्रधानमन्त्री केभिन रुडलाई नियुक्त गरेको हो ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले केभिनसँग अमेरिकाको व्यापक अनुभव र सम्बन्ध रहेकाले जिम्मेवारी दिइएको बताएका छन् । उनले राजदूत पद स्वीकार गरेर ठूलो सहयोग गरेको प्रतिक्रिया पनि दिएका छन् ।
केभिनले अस्ट्रेलिया सरकारको निर्णयप्रति प्रसन्नता प्रकट गरेका छन् । उनले ट्विटरमा लेखेका छन्– अस्ट्रेलिया सरकारको निर्णयबाट आफूले सम्मानित भएको महसुस गरेको छु ।’
आर्थर सिनोडिनोसलाई विस्थापित गर्दै उनले सन् २०२३ को सुरुवातबाट सो जिम्मेवारी ग्रहण गर्नेछन् ।
उनी अस्ट्रेलियाका २६ औं प्रधानमन्त्री हुन् । उनले २७ जुन २०१३ देखि १८ सेप्टेम्बर २०१३ सम्म यो जिम्मेवारी सम्हालेका थिए । प्रधानमन्त्री पदबाट वहिर्गमनपछि उनी राजनीतिबाट निष्क्रिय रहँदै आएका थिए ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया