NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कात्तिकमा वाणिज्य बैंकहरुको नाफा ३४ प्रतिशतले बढ्यो, ९ वाणिज्य बैंक अर्ब क्लबमा

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा वाणिज्य बैंकको नाफा ३४ प्रतिशतले बढेको छ ।

कात्तिकमा वाणिज्य बैंकहरूले २४ अर्ब ५३ करोड ८० लाख रूपैयाँ आर्जन गरेको छ । असोजमा वाणिज्य बैंकहरूले १८ अर्ब ३१ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।

२६ वटा वाणिज्य बैंकहरूहरूमध्ये प्रभुले भने विवरण पेस गरेको छैन । राष्ट्र बैंकमा विवरण पेश गरेका २५ वाणिज्य बैंकमध्ये ९ बैंकहरूको नाफा अर्बभन्दा बढी पुगेको छ भने बाँकीको अर्बभन्दा कम छन् ।

सबैभन्दा बढी नबिल बैंकले कात्तिकसम्म २ अर्ब ३५ करोड ७९ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै दोस्रोमा एनआईसी एशियाले २ अर्ब २२ करोड ७८ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । तेस्रोमा ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड ४९ लाख ६० हजार नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ५२ करोड ६२ लाख रूपैयाँ, एनएमबी बैंकले १ अर्ब ३० करोड ८४ लाख कमाएको छ । त्यस्तै कुमारी बैंकले १ अर्ब २५ करोड ७७ लाख, प्राइम कमर्सिएल बैंकले १ अर्ब २५ करोड ७७ लाख र एभरेष्ट बैंकले १ अर्ब १५ करोड १४ लाख नाफा आर्जन गरेको छ ।

कात्तिकमा १ अर्बभन्दा कम कमाउने बैंकहरूमा नेपाल बैंक सबैभन्दा अगाडि छ । नेपाल बैंकले ९५ करोड ९४ लाख २० हजार नाफा कमाएको छ । त्यस्तै  राष्ट्रिय वाणिज्य बैंकले ९२ करोड ६८ लाख २० हजार, हिमालयन बैंकले ८३ करोड ५१ लाख ७० हजार, नेपाल एसबिआई बैंकले ८२ करोड ७८ लाख, बैंक अफ काठमाण्डूले ४५ करोड ३२ लाख, एनसीसी बैंकले ७२ करोड ६७ लाख, माछापुच्छ्रे बैंकले ५९ करोड ५८ लाख ८० हजार नाफा कमाएका छन् । अन्य बैंकहरूमा  लक्ष्मी बैंकले ६५ करोड ६८ लाख १० हजार, सिद्धार्थ बैंकले ६७ करोड ४१ लाख २० हजार, कृषि विकास बैंकले ३१ करोड ८५ लाख ५० हजार, सिटिजन्स बैंकले ७० करोड ४९ लाख ३० हजार नाफा कमाएका छन् ।

त्यसैगरी सनराइज बैंक ३७ करोड ६१ लाख ३० हजार रुपैयाँ मेगा बैंकले ७६ करोड ९२ लाख २० हजार, सिभिल बैंकले ५६ करोड ९ लाख ८० हजार, सेञ्चुरी बैंकले ४४ करोड ७ लाख ३० हजार र सानिमा बैंकले ७८ करोड ७४ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक १ अर्ब ५२ करोड ६२ लाख १० हजार, एनएमबि बैंक १ अर्ब ३० करोड ८४ लाख १० हजार, कुमारी बैंकले १ अर्ब २५ करोड ७७ लाख ३० हजार, प्राइम कमर्सियल बैंक १ अर्ब २५ करोड ५१ लाख ५० हजार, एभरेष्ट बैंकले १ अर्ब १५ करोड १४ लाख ४० हजार, स्टयाण्डर्ड चार्टर्ड बैंक १ अर्ब ८ करोड ३९ लाख ८० हजार रुपैयाँले नाफा आर्जन गरेका छन् ।