NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नबिल बैंकको साधारण सभा पुस २९ गते, लाभांश प्रस्ताव पारितसहित यस्ता छन् एजेण्डा

काठमाडौं । नबिल बैंकले पुस २९ गते ३८ औं वार्षिक साधारण गर्ने भएको छ । साधारणसभा गैह्रीधारा, काठमाडौंमा बिहान १० बजेदेखि  गर्ने निर्णय गरेको हो ।

सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १८.५० प्रतिशत बोनस शेयर र कर सहित ११.५० प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । त्यस्तै, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

नबिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न/गाभिन मर्जर गर्न वा प्राप्ति -(एक्विजिसन गर्न) तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांनका लागि मूल्याङ्गनकर्ता नियुक्त गर्ने, गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।