सिटिजन्स बैंकको विस्तारित काउण्टर नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठामा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काठमाडौं महानगरपालिका वडा नं १४, रविभवनमा विस्तार गरेको छ । आफ्ना सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै विस्तार गरेको जनाएको छ । उक्त काउन्टर कलंकी शाखाको मातहतमा रहने गरी संचालनमा ल्याएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याइएको छ ।
यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित काउण्टर सेवा संचालनमा ल्याईसकेको छ ।
सुविधा सम्पन्न यस विस्तारित काउण्टरमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
सिटिजन्स बैंकका देशैभरी आफ्ना १८० वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरु रहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया