NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

२५ वाणिज्य बैंकले पाए साधारण सभा गर्ने अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ वाणिज्य बैंकलाई साधारण सभा गर्ने अनुमति दिएको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै २५ बैंकलाई साधारण सभा गर्ने अनुमति दिएको हो ।

साधारण सभा गर्नको लागि अनुमति पाएका २५ बैंकमध्ये २३ बैंकले लाभांस घोषणा गरिसकेको छ ।

कृषि विकास बैंकले भने ढिला गरी वित्तिय विवरण पेश गरेकाले राष्ट्र बैंकले साधारणसभाको लागि स्वीकृत दिएको छैन ।