रुपन्देहीमा क्रिकेट प्रतियोगिता सुरु
सिद्धार्थनगर । रुपन्देही क्रिकेट संघको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप–२०७९ टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले अन्तरकलेज क्रिकेट प्रतियोगिता गरेर राष्ट्रिय तहमा खेल्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए ।
विगतमा राष्ट्रिय टोलीमा वर्चस्व राख्ने जिल्लाका खेलाडी अहिले घट्दै आएकाले विभिन्न क्रिकेट प्रतियोगितालाई संघले निरन्तरता दिँदै आएको उनको भनाई थियो । नयाँ नयाँ खेलाडीको खोजी र क्रिकेट खेलको विकासका लागि उक्त सङ्घले खुल्ला र संस्थागत खेलहरु आयोजना गर्दै आएको छ ।
यही पुस ६ देखि १६ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा बिजेताले ४० हजार र ट्रफी तथा उपबिजेताले २० हजार ट्रफी प्राप्त गर्नेछन् ।
त्यसैगरी म्यान अफ द सिरिजले पाँच हजार, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही रु दुई हजार पाँच सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार पुरस्कार पाउने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । प्रतियोगितामा अनुशासित एक टोलीलाई समेत पुरस्कृत गरिने भएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया