NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

चार्ल्स शोभराजलाई १५ दिन भित्र स्वदेश फिर्ता पठाउनु : सर्वोच्च अदालत

काठमाडाैं । विकिनी किलरका रुपमा परिचित कुख्यात फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत भक्तपुरले २८ मंसिर २०३२ मा भएको अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र त्यसको ३ दिनपछि भएको क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

आज न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले शोभराज छाड्न आदेश दिएको हो ।

बन्दी प्रत्यक्षीकरण मुद्दामा आज न्यायाधिशहरु प्रधान र श्रेष्ठको संयुक्त इजलासले सुनुवाई गर्दै शोभराजलाई आजै थुनामुक्त गर्न आदेश दिएको हो ।

ज्येष्ठ नागरिकलाई दिईँदै आएको कैद छुटको सुविधा शोभराजले पनि पाउनु पर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । उनलाई १५ दिन भित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन समेत आदेश दिएको छ ।

शोभराजको मुद्यामा वकालत गर्दै आएकी कानुन व्यवसायी शकुन्तला विश्वासले सर्वाेच्चकाे आदेशले आफु खुसी भएको अभिव्यक्ति दिएकी छन् ।
लामो समय देखी शोभराजको न्यायको लागि लडिरहेको बताउँदै उनले आफु सफल भएको बताइन् ।