नेपाल टेलिकमको ४० प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले सेयरधनीहरुलाई लाधांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्ष २०७८/७९ नाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश प्रस्तावसहित अन्य एजेण्डा पारितको लागि सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा पुस २८ गते राष्टिय सभागृह, काठमाडौंमा बिहान १० बजेबाट सुरू हुने छ ।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोक्नेलगायत प्रस्ताव पारित गर्नेछ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया