ठेक्का लागेको १० वर्षपछि सञ्चालनमा आयो फोक्सिनटार पुल
उदयपुर । ठेक्का लागेको १० वर्षपछि उदयपुर र खोटाङ जोड्ने फोक्सिनटार पुल सञ्चालनमा आएको छ ।
सगरमाथा लोकमार्गको फोक्सिन्टार स्थित सुनकोसी नदीको नवनिर्मित पुल आजबाट सञ्चालनमा आएको हो ।
पुलको बेरिङकोट, एप्रोज रोड लगायतको काम भने सम्पन्न हुन अझै एक महिना लाग्ने भएपनि सर्वसाधरणकाे सहजताका लागि पुल सञ्चालनमा ल्याएकाे पुल सेक्टर नम्बर-१ धरानका योजना प्रमुख प्रदीप भण्डारीले बताए ।
यातायात सञ्चालनमा आएपछि सर्वसाधरणहरुलाई सहजता हुने भएको छ ।
२०७५ को चैत्रमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी २०६९ को चैतमा गौरी पार्वती वाईपी जेभीले ठेक्का लिएको थियो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया