ठेक्का लागेको १० वर्षपछि सञ्चालनमा आयो फोक्सिनटार पुल
उदयपुर । ठेक्का लागेको १० वर्षपछि उदयपुर र खोटाङ जोड्ने फोक्सिनटार पुल सञ्चालनमा आएको छ ।
सगरमाथा लोकमार्गको फोक्सिन्टार स्थित सुनकोसी नदीको नवनिर्मित पुल आजबाट सञ्चालनमा आएको हो ।
पुलको बेरिङकोट, एप्रोज रोड लगायतको काम भने सम्पन्न हुन अझै एक महिना लाग्ने भएपनि सर्वसाधरणकाे सहजताका लागि पुल सञ्चालनमा ल्याएकाे पुल सेक्टर नम्बर-१ धरानका योजना प्रमुख प्रदीप भण्डारीले बताए ।
यातायात सञ्चालनमा आएपछि सर्वसाधरणहरुलाई सहजता हुने भएको छ ।
२०७५ को चैत्रमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी २०६९ को चैतमा गौरी पार्वती वाईपी जेभीले ठेक्का लिएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया