NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

कृषिजन्य उत्पादन बढाउन सके व्यापार घाटा कम गर्न सकिन्छः राष्ट्रपति भण्डारी

बुटवल ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने बताएकी छन् । भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताइन ।

रुपन्देही उद्योग सङ्घ, लुम्बिनी उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने बताएकी हुन ।

उद्घाटन कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले बुटवलमा औद्योगिक प्रदर्शनीको लामो शिलशिला रहेको बताउँदै सबै उद्योगी र व्यवसायीले सुरु गरेको मेला सार्थक बनाउन स्थायी प्रदशनी केन्द्र निर्माणमा सरकार अगाडि बढेको दावी गरे ।

‘मुलुकको आर्थिक विकासका लागि सबैको सामूहिक प्रयास रहन्छ, यसतर्फ सरकार संवेदनशील छ । उद्योगीका समस्या समाधान गर्न तर्फलाग्ने छौँ ।’ मन्त्री खाँणल भने ।