NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

हत्या र भ्रष्टाचारका अभियुक्तलाई किन खुवायो संसद् सचिवालयले शपथ ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोग अपहरणसम्बन्धी कसुर लागेकाहरू उम्मेदवार नै नपाउने उल्लेख ए पनि हत्या र भ्रष्टाचार अभियोगमा मुछिएका दुई सांसदले पनि शपथ लिएका छन् ।

हत्या अभियोग खेपिरहेका महोत्तरी १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी र ३९ करोडको भ्रष्टाार अभियोग खेपिरहेका मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरुङले शपथ लिएका हुन् ।

उनीहरूले खेपिरहेको मुद्दाबारे कहीँकतैबाट उजुरी या जानकारी नआएका कारण शपथ लिएको संसद सचिवालयको तर्क छ ।

चार सांसदले भने शपथ नै लिएनन् ।