NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

प्रचण्डलाई भेटेर प्रकाशमान सिंह पुगे बालुवाटार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेलगत्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

अध्यक्ष दाहालसँगको भेटको सन्देश लिएर सिंह प्रधानन्त्री तथा पार्टी सभापति समेत रहेका शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन ।

प्रचण्डसँगको भेटमा प्रचण्डले कुनैपनि हालतमा पहिलो चरणमै आफु प्रधानमन्त्री हुनुपर्ने अडान राखेपछि सिंह बालुवाटार पुगेका हुन ।

नेपाली कांग्रेसले पनि पहिले प्रधानमन्त्री पद आफुले पाउनु पर्ने दावी गर्दै आएका छ ।

राष्ट्रपतिले प्रधानमन्त्री पदको दावीका लागि दिएको समय नजिकिँदै गर्दा दलहरु बिचकाे राजनीतिक भेटघाटले तीव्रता पाएकाे छ ।