NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नयाँ सरकार गठनकाे कसरत : दाहाल बालुवाटारमा

काठमाडाैं । नयाँ सरकार गठनकाे विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवाद केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दलहरुबीचको शक्ति बाँडफाँटको विषयलाई लिएर छलफल सुरु भएको हो । नयाँ सरकार गठनका लागि छलफल गर्न प्रचण्ड आफैँ बालुवाटार पुगेका हुन ।

दुई दलका पार्टी अध्यक्षहरुबीचको छलफल सकिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल समेत बैठकमा सहभागी हुनेछन् ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले पहिलो चरणमै प्रधानमन्त्री हुनु पर्ने दावी गर्दै आएका छन् ।