हल्दीबारीमा १५ शय्याकाे आधारभूत अस्पताल
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दीबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दीबारी आधारभूत अस्पताल’ को उद्घाटन गरेका छन्।
हल्दीबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरङ्ग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए ।
अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी, एकीकृत बालरोग तथा नवजात शिशु व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका सेवा प्राप्त हुने प्रमुख निरौलाले बताए ।
स्वास्थ्य सेवा प्राप्त गर्न गाउँपालिकाबासी अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गर्न आधारभूत अस्पताल सञ्चालन ल्याइएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताए । “सामान्य उपचारका लागि पनि अन्यत्रै धानउनुपर्ने अवस्था अन्त्य भएको छ,” उनले भने, “त्यसमा पनि स्वास्थ्य सेवा अत्यन्तै महङ्गो र सर्वसाधारणको पहुँचभन्दा बाहिर गइरहेकाले सोको अन्त्यका लागि अस्पताल सञ्चालनमा ल्याएका हौँ ।”
स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दुका रुपमा अस्पताल सञ्चालनमा आएको उनले बताए। अस्पतालमा एक जना मेडिकल अधिकृतसहित नौ जना जनशक्ति रहेको छ । हल्दीबारीमा तीन वटा स्वास्थ्य चौकी र दुई वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त बजेटअनुरुप हल्दीबारी–१ अस्पतालको भवन निर्माण भइरहेको छ । ३३ हजार गाउँपालिकाबासीको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न रू १८ करोडको लागतमा निर्माणाधीन अस्पताल भवनको करिब २५ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ ।
सोही अस्पताल अन्तरगत अस्थायीरुपमा हल्दीबारी गाउँपालिकाको स्रोत साधन प्रयोग गरी हल्दीबारी–५ स्थित हल्दीबारीगाउँपालिकको हाताभित्र ‘हल्दीबारी आधारभूत अस्पताल’ सञ्चालनमा आएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया