छत्रबहादुरको साहस अनुशरण योग्य छ : प्रधानसेनापति
काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा लामो समय क्रियाशिल भई रथीको जिम्मेवारीबाट सेवा निवृत्त छत्रबहादुर थापाको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्ने बताएका छन् ।
छत्रबहादुर थापा स्मृति ट्रष्टले आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सेवा, राष्ट्र निर्माणमा पु¥याएको योगदान, सैनिक सेवामा रहँदा दोस्रो विश्व युद्धकालमा देखाएको साहसता एवं कार्यकुशलतालाई भुल्न नहुने बताए ।
कार्यक्रममा प्रधानसेनापति शर्माले भने, “राष्ट्र निर्माण र समाजसेवामा पु¥याएको योगदानलाई चिरस्थायी राख्न ट्रष्टको ठूलो भूमिका छ, राष्ट्रप्रति अमूल्य योगदानको कदर हुनुका साथै ट्रष्टबाट आयोजित सम्मानबाट सबैलाई हौसला प्रदान गर्नेमा दुई मत छैन ।”
कार्यक्रममा, थापाको योगदानको उचित संस्मरण गराउँदै नेपाली सेनामा रहेर गर्नुभएका असल काम, समाज सेवा, देशविदेशमा नेपालको प्रतिष्ठा र समग्र राष्ट्र निर्माणमा पु¥याउनुभएको योगदानलाई चिरस्थायी राख्ने उद्देश्यस्वरुप ‘छत्रबहादुर थापा स्मृति ट्रष्ट’को स्थापना गरिएको पूर्वउपप्रधानमन्त्री कमल थापाले जानकारी दिए ।
ट्रष्टका अध्यक्ष अध्यक्ष नेत्रबहादुर थापाले छत्रबहादुरले सैनिक सेवामा रहँदा दोस्रो विश्व युद्धमा सहभागिता जनाएर देखाएको साहस, कान्तिराजमार्गमा पु¥याउनुभएको योगदान, मुलुकमा पहिलो पटक सेनामा भक्तपुरमा ब्यारेकको अवधारणालगायतका योगदानको स्मरण गरे ।
सोही कार्यक्रममा फुटबल खेलको माध्यमबाट राष्ट्रिय खेलकुदमा पु¥याएको योगदान स्वरुप अन्जन विष्ट र भारत्तोलन खेलको माध्यमबाट नेपालको राष्ट्रिय प्रतिष्ठा कायम गर्न सफल कमल अधिकारीलाई रु ५० हजार नगदसहित सम्मान गरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया