स्याउका बोट काटछाँटमा ब्यस्त भए मुगुका किसान
मुगु । स्याउ टिपेर सकिएसँगै मुगुका किसान विरुवा काटछाँटमा ब्यस्त भएका छन् ।
काटछाँट नगरे साना दाना लाग्ने र झर्ने भएकाले किसानले हरेक हिउँदको समयमा स्याउका बोट काटछाँट गर्ने गरिएको छ ।
बिगतका बर्षहरूमा जिल्ला कृषि बिकास कार्यालयको समन्वयमा स्याउका विरुवा काटछाँट गर्न प्राविधिक खटाईने गरेको भएपनी यो बर्ष प्राविधिक खटाएइएको छैन ।
कृषि बिकास कार्यालय मुगुका सुचना अधिकारी टेक बहादुर खत्रिका अनुसार गत आर्थिक वर्ष मुगुमा एक हजार दुई सय ४३ हेक्टर क्षेत्रफलमा नौ हजार तीन सय ८५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
मुगुको ताल्चा, बाम, रोवा, खमाले, सेरी, श्रीकोट लगायतका क्षेत्रलाई स्याउको पकेट क्षेत्र मानिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया