वित्तीय साक्षरतामा नेपाल फेल
काठमाडौं । नेपाली नागरिकको समग्र वित्तीय साक्षरता अत्यन्त कमजोर देखिएको छ । पछिल्लो समय नेपालमा वित्तीय क्षेत्र व्यापक रूपमा विस्तार भएको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वित्तीय साक्षरतासम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार अधिकांश नेपाली अनुत्तीर्ण (फेल) छन् । प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी २७.५ प्रतिशतले मात्रै वित्तीय साक्षरताको न्यूनतम अंक (उत्तीर्ण अंक) प्राप्त गरेका छन् ।
नेपाल राष्ट्र बैंकले वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्ति गरेर तीन आयाममा सर्वेक्षण गरेको थियो ।
वित्तीय ज्ञानमा उत्तीर्ण हुन ५–७ अंक (७१ प्रतिशत), वित्तीय व्यवहारमा ६–९ अंक (६७ प्रतिशत) र मनोवृत्ति (सोच) मा २.४–४ अंक (६० प्रतिशत) ल्याउनुपर्ने थियो । उक्त तीनै आयाममा गरेर औसतमा ६६ प्रतिशत (थ्रेस होल्ड) ल्याउनुपर्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै उत्तीर्ण हुनका लागि सोबराबरको अंक तोकिएको थियो ।
यी तीनै आयाममा २७.५ प्रतिशत सहभागी मात्रै पास भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकले देशभरका (सबै प्रदेश तथा स्थानीय तह समेटिने गरी) नौ हजार तीन सय ६१ जना १८ वर्ष उमेरभन्दा माथिका नागरिकलाई सर्वेक्षणमा सहभागी गराएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया