व्यावसायिक रुपमा पालिएका बङ्गुरको बजारीकरणमा समस्या

दाङ । दाङमा व्यावसायिक रुपमा पालिएका बङ्गुरको बजारीकरणमा समस्या देखिएको छ । आर्थिक मन्दिको मार खेपिरहेका किसान पालिएका बङ्गुर विक्री नभएपछि ब्यबसायबाटै पलायन हुने अबस्थामा पुगेका छन् ।
विगतमा पालेको बङ्गुर विक्री नहुने समस्या नभएपनि यसपाली बङ्गुरपालन व्यावसायिक बाटै विस्थापित हुने अबस्था आएको बङ्गुर पालक किसान सुसिला गुरुङले बताउनुभयो । पहिले किसानहरूले बङ्गुर पालेर राम्रै आम्दानी गर्ने गरेका थिए । तर अहिले बङ्गुर पालेकै कारण ऋण लागेको छ ।
बङ्गुर पाल्ने किसान धेरै हुँदा पाठापाठीको बिक्री हुन छाडेको छ भने, व्यापारीले मासु लैजान नमाल्दा दानाका रुपमा प्रयोग हुने भुषको खर्च उठाउनै मुस्किल भएको छ । दाङमा करिब १२ सय किसान बङ्गुर पालन व्यावसायिकमा छन् ।
उनिहरु सबैको समस्या उस्तै छ । मासुका लागि तयार भएका बङ्गुर विक्री नहुँदा आफुहरु समस्यामा परेको बङ्गुर व्यावसायि संघ दाङका सचिव तुल्सीराम बुढाले बताए । जिल्लामा माग भन्दा उत्पादन धेरै भएपछि बङ्गुर विक्री हुन छाडेको किसानहरु बताउँछन् ।
बङ्गुर पाल्नका लागि प्रोत्साहन गर्ने सरकारले बजारको खोजीमा भने कुनै काम गरेको छैन । जसले दाङमा करिब ९ करोड मूल्य बराबरको बङ्गुर विक्री गर्न सकिएको छैन ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया