गठबन्धनकै नेतृत्वमा सरकार गठन गर्न अन्तिम कसरत
काठमाडाैं । नयाँ सरकार गठनका विषयमा भएको छलफल भोली (आईतबार ) मात्रै टुंगो लाग्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न बैठकले भोली मात्रै शक्ति समिकरण र प्रधानमन्त्री आलोपालोको विषय टुंगो लगाउने भएको छ ।
आज सम्पन्न भएको बैठकमा सत्तारुढ गठबन्धनका तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति भने जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्ने विषयमा टुंगो लागेको छैन भने शक्ति बाँडफाँटका विषयमा पनि दलहरु टुंगोमा पुग्न सकेका छैनन् ।
नयाँ सरकार गठनका लागि छलफल गर्न सत्ता गठबन्धनका दलहरूको बैठक बालुवाटारमा सम्पन्न भएकाे हाे ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी भएका थिए ।
प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिलगायतका पदमा कसलाई अगाडि सार्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएकाे थियाे ।
नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको ७ दिनको समय भोलि साँझ पाँच बजे सकिने छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया