पूर्वमन्त्री तथा बुद्ध एयरका संस्थापक सुरेन्द्रबहादुर बस्नेतको निधन
काठमाडौं । पूर्वमन्त्री तथा वायु सेवा कम्पनी बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ । बस्नेतको आइतबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।
बुद्ध एयरले सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै संस्थाले एक असल अभिभावक गुमाएको लेखेको छ ।
‘हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटोलाई हामी बुध्द एयरकर्मी सधैं अनुशरण गरी अगाडि बढ्ने छौं । हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन,’ बुद्ध एयरले लेखेको छ ।
भोजपुरको दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ सालमा जन्मिएका बस्नेत आफ्नो जीवनकालमा विभिन्न क्षेत्रमा रहेर सेवा गरेका थिए ।
उनी पूर्वमन्त्री, सर्वोच्च अदालतका पूर्वन्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्षसमेत हुन् । बस्नेत २०२४ सालमा कानुन तथा न्याय, शिक्षा मन्त्री र २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए ।
बुद्ध एयरलाई उनै बस्नेतले आजभन्दा २५ वर्षअघि स्थापना गरेका थिए । जतिबेला उनी ७० वर्षका थिए ।
दिवंगत बस्नेतका २ छोरा र १ छोरी छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया