बैठक नसकिदैं बालुवाटारबाट बाहिरिए प्रचण्ड

काठमाडौं । मोओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) बालुवाटारमा भइरहेको बैठक नसकिदैं बाहिरिएका छन् ।
सरकार गठनसम्बन्धी सत्ता गठन्धनले बोलाएको बैठक छाेडेर उनी निस्किएका हुन् । विहान १० बजेदेखि जारी बैठकबाट अझै पनि केही टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री देउवाले राष्ट्रपति र पहिलाे कार्यकालकाे प्रधानमन्त्री नछाेड्ने दाबी गरेपछि उनी बैठक छाेडेर निस्किएका हुन्।
अर्कोतर्फ राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज साँझ ५ बजेबाट गुज्रिँदैछ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् ।
निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको गरेकाले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्रको समय उपलब्ध गराएकी हुन् ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया