बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने

बैतडी । बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुनेछ ।
नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको १५औँ संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको क्लबका बरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीलाई १५ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । गत संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो ।
ताजा अपडेट
-
आजको मौसम: यी प्रदेशमा हुनेछ आज भारी वर्षा
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
प्रतिक्रिया