ढुक्क हुनुस्, अन्तिम समयमा गठबन्धनकै सरकार बन्छ : कांग्रेस नेता कार्की
काठमाडाैं । गठबन्धन जोगाउनु नै अहिलेको प्रमुख एजेन्डा र आवश्यकता भएको नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको छलफलपछि संचारकर्मीसँग कुरा गर्दै कार्कीले अहिलेको आवश्यकता भनेकै गठबन्धन जोगाउनु भएको बताए ।
प्रधामन्त्रीले निरन्तर छलफल गरिरहेको र बेलुका सम्ममा छलफल टुंगो लाग्ने नेता कार्कीको भनाइ छ ।
यस अघिका प्रयासहरु पनि सबै अन्तिम समयमा सफल भएको बताउँदै नेता कार्कीले यसपटक पनि अन्तिम समयमा सहमति हुने जिकिर गरे ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया