साढे २ वर्षलाई प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालुवाटारमा आज भएको दलहरुको छलफलले पहिलाे चरणमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जाने सहमति गरेको छ ।
सहमति अनुसार सुरुको साढे २ वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारको नेतृत्व गर्ने र त्यसपछिका अढाई वर्ष नेकपा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएकाे हो ।
माओवादी नेता वर्षमान पुनका अनुसार माओावादी अध्यक्ष दाहालाई प्रधानमन्त्रीका रुपमा अगाडी सार्दै आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्रीको दावी पेश गरिने छ ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समादवादी पार्टी, जनमत पाटी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहमति जुटाएका हुन् ।
राष्ट्रपतिले दिएको समयसीमा अहिले ५ बजेबाट सकिदैँ छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया