NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

साढे २ वर्षलाई प्रचण्ड प्रधानमन्त्री बन्ने सहमति

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालुवाटारमा आज भएको दलहरुको छलफलले पहिलाे चरणमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जाने सहमति गरेको छ ।

सहमति अनुसार सुरुको साढे २ वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारको नेतृत्व गर्ने र त्यसपछिका अढाई वर्ष नेकपा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएकाे हो ।

माओवादी नेता वर्षमान पुनका अनुसार माओावादी अध्यक्ष दाहालाई प्रधानमन्त्रीका रुपमा अगाडी सार्दै आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्रीको दावी पेश गरिने छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समादवादी पार्टी, जनमत पाटी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सहमति जुटाएका हुन् ।

राष्ट्रपतिले दिएको समयसीमा अहिले ५ बजेबाट सकिदैँ छ ।