NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कवि भूपि शेरचनका ११ कविता श्रव्य माध्यममा सार्वजनिक

काठमाडौं । कवि भूपि शेरचनको ८८ औं जन्मजयन्तीका अवसरमा उनले लेखेका ११ कविताको श्रव्य संस्करण सार्वजनिक गरिएको छ ।

साहित्यिक पत्रकार संघले म्युजिक नेपालसँगको सहकार्यमा शेरचनका ११ कविता १२ जना कवि एवं कवयित्रीले वाचन गरी आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । श्रव्य सामग्री विमोचन गर्दै कवि एवं पूर्वमन्त्री एसपी कोइरालाले भूपि उनका सिर्जनाका कारण असङ्ख्य नेपालीको मन मस्तिष्कमा रहन सफल भएको बताए ।

भूपिका लोकप्रिय कविता श्रव्य माध्यमबाट स्रोतामाझ लगेपछि सुन्न चाहनेका लागि सहज हुने उनले सुनाए ।भूपिका सशक्त, जीवन्त एवं जनजिब्रोमा रहेका कविता सुनेर पाठकले लाभ लिन सक्ने कोइरालाको भनाइ थियो ।

कार्यक्रममा भूपिकी धर्मपत्नी कान्ति शेरचन, कवि एवं नाटककार अशेष मल्ल, सङ्घका अध्यक्ष राधेश्याम लेकाली, म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, साहित्यकार प्रमोद प्रधान, साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष विश्वविमोहन श्रेष्ठ र नरेन्दबहादुर श्रेष्ठलगायतले उनले नेपाली कविताको गद्य विधामा पु-याएकाे योगदानका बारेमा चर्चा गरेका थिए ।