NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बालेनको नयाँ गठबन्धनलाई कटाक्ष

काठमाडाैं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’ले नयाँ सरकार गठनमा भएको गठबन्धनप्रति कटाक्ष गरेका छन् ।

सामाजिक संजालमा साँझ एक एक पोष्ट गर्दै बालेनले भनेका छन्

राजा फर्काउछु भन्ने,
राजा चाहिन्न भन्ने,
र,
राजा मार्छु भन्ने तीनटै सरकारमा ।
हामी प्रजा सधै सास्तीमा ।

यस अघि पनि उनले सामाजिक संजालमा लेखेका थिए, हिजाे एउटा कविता लेखेकाे थिए, अाज लेख्दिन । देश के हाे ? ब्यापार हाे ? खेल हाे ? 

सामाजिक संजालमा नयाँ सरकार गठनका लागि दलहरुले गरेको गठबन्धन प्रतिको उनले स्पष्ट असन्तुष्टि पोखेका हुन् ।