प्रधानमन्त्री प्रचण्डको शपथ आज, मन्त्रिमण्डल पनि विस्तार गरिने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार, सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत पद तथा गोपनीयताको शपथ लिनसक्ने बताइएको छ ।
ताजा अपडेट
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
-
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
प्रतिक्रिया