NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन आइतबारकै मूल्य एक लाख ५ सय रूपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य आइतबारकै मूल्य प्रतितोला एक लाख छ ।

त्यस्तै चाँदीको मूल्य आज पनि स्थिर रही प्रतितोला एक हजार तीन सय ९० कायम रहेकोे महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।