NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

रविको नेतृत्वमा रास्वपा सरकारमा जाने

काठमाडौं । प्रतिनिधिसभामा चौंथो ठुलो दल रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको रविले उप्रधानमन्त्री दाबी गरेको स्रोतले बतायो ।

एमाले अध्यक्ष केपी ओली निवासमा आइतबार बसेको बैठकमा एमाले, माओवादीसहित सात दलले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।

उप्रधानमन्त्री दिने/नदिनेबारे गठबन्धनले निर्णय गर्न बाँकी छ । तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको रास्वपाका एक नेताले बताए । प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेकोमा पार्टीभित्र असन्तुष्ट देखिएको छ ।

स्रोतका अनुसार रविले श्रम तथा रोजगार मन्त्रालयमा इच्छा देखाएका छन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले २० सिट जितेको छ ।