रेशम चौधरीको रिहाइ नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
काठमाडाैं । रेशम चौधरी रिहाइ नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ । हिजो प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको पार्टीले आज सरकारमा नजाने बताएको हो ।
प्रचण्ड नेतृत्वको सरकारलाई पार्टीले समर्थन गरेपनि तत्कालै सरकारमा जाने कुनै इच्छा नभएको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरीले बताएकी छन् ।
थारुहट आन्दोलनका बेला २०७२ भदौमा टिकापुरमा भएको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मीको ज्यान गएको घटनामा रेशम चौधरीलाई जिल्ला अदालत टीकापुरले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
त्यसपश्चात पार्टीले आफ्ना संस्थापक नेता चौधरीको ससम्मान रिहाइको माग गर्दै आएको छ ।
चौधरी पार्टीका संस्थापक नेता हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया