रेशम चौधरीको रिहाइ नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
काठमाडाैं । रेशम चौधरी रिहाइ नभएसम्म नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ । हिजो प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको पार्टीले आज सरकारमा नजाने बताएको हो ।
प्रचण्ड नेतृत्वको सरकारलाई पार्टीले समर्थन गरेपनि तत्कालै सरकारमा जाने कुनै इच्छा नभएको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चाैधरीले बताएकी छन् ।
थारुहट आन्दोलनका बेला २०७२ भदौमा टिकापुरमा भएको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मीको ज्यान गएको घटनामा रेशम चौधरीलाई जिल्ला अदालत टीकापुरले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
त्यसपश्चात पार्टीले आफ्ना संस्थापक नेता चौधरीको ससम्मान रिहाइको माग गर्दै आएको छ ।
चौधरी पार्टीका संस्थापक नेता हुन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया