पुरुष भलिबल : नेपाल चौंथो स्थानमा
काठमाडौं । बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहदैं चौंथो स्थानमा रहेको छ ।
बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई ३–२ को सेटमा पराजित गरेपछि नेपाल चौंथो स्थानमा रहेको हो ।
खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो । नेपालले श्रीलङ्कामाथि दोस्रो सेट २५–१९ ले जित्यो । त्यस्तै खेलको तेस्रो सेट श्रीलङ्काले २५–१९ ले जित्यो भने खेलको चौँथो सेटमा नेपाल विजयी भयो ।
नेपाल २५–२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो । खेलको अन्तिम सेट श्रीलङ्काले १५–१० ले आफनो पक्षमा पारेपछि श्रीलङ्काको जित पक्का भयो । यसजितसँगै श्रीलङ्का भने तेस्रो स्थानमा रहेको छ ।
च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो । आजै हुने फाइनल खेलमा आयोजक बङ्गलादेश र किर्गिस्तान भिड्नेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया