NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कर्णाली प्रदेशसभा सदस्यले शपथ लिए

कर्णाली । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ लिएका छन् । कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले आज दिउँसो प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले निर्वाचित अन्य सदस्यहरूलाई शपथ गराएका हुन ।

६६ वर्षीय ज्येष्ठ सदस्य शाहलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले आजै शपथ ग्रहण गराउनुभएको थियो । उनले सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म सभामुख भएर अध्यक्षता ग्रहण गर्ने जनाइएको छ ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा ९माओवादी केन्द्र०का १३, नेकपा ९एमाले०का १०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक-एक र एक स्वतन्त्र गरी ४० प्रदेशसभा सदस्य रहेका छन् । तीमध्ये २४ प्रत्यक्ष र १६ जना समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।