जनताले आश गरेका छन, हामी पुरा गर्छौँ : प्रधानमन्त्री दाहाल
काठमाडाैं । नयाँ सरकारले जनतामा आशा पलाएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दावी गरेका छन् ।
प्रधानमन्त्री पदको कार्यभार सम्हालेर बाहिर निस्कदैँ गर्दा संचारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने ‘केही गर्न खोज्नेहरुको समिकरण बनेको छ, यसले जनतामा आशा बढाएको छ । हाम्रा अगाडी जटिलताहरुको पहाड भएपनि मलाई सहज लागेको छ ।’
मन्त्रीपरिषद्को पहिलो बैठकमा अर्थतन्त्रमा देखिएका जटिलतालाई सुधार गर्ने, सुशासन र जनताको सेवा प्रवाहमा केन्द्रित हुने बारे छलफल भएको थियो ।
राहदानी, लाइसेन्स सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको लामो लाईनको समस्या रहेको भन्दै त्यसको समाधान सरकारको प्रमुख काम भएको बताएका छन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया