प्रदेश १ ले पुस १७ गतेलाई आह्वान गर्यो प्रदेशसभा अधिवेशन
विराटनगर । प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा, १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही २०७९ साल पुस १७ गते आइतबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारकमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गर्न नेपालको संविधानको धारा, १६६ को उपधारा ९२० बमोजिम प्रदेशप्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।
प्रदेशप्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछ भन्ने संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया