नयाँ सरकारलाई ५७ अंकको स्वागत
काठमाडौं । नयाँ सरकार गठन प्रक्रियाले मूर्तरूप लिएपछि धितोपत्र बजारले त्यसलाई स्वागत गरेको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार उच्च अंकले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबारको कारोबारमा नेप्से परिसूचक ५६.८८ अंकले वृद्धि भई १ हजार ९२४ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबारमा मापक सेन्सेटिभ परिसूचक ८.३८ अंकले उकालो लागेर ३७५.४५ मा पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये अन्य उपसमूहको मात्रै सेयर मूल्यमा गिरावट आएको छ ।
यस्तै १२ उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ । कारोबार भएका कम्पनीमध्ये २०३ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ भने चार उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा एउटा उपसमूहको सेयर मूलयमा कुनै परिवर्तन भएको छैन । सोमबार कुल ५६ लाख ४३ हजार ५३ कित्ता सेयर दुई अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ मूलयमा खरिद बिक्री भएका छन् । सोमबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ८२ अर्ब पुगेको छ, आजको कारोबार दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया