NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

‘मानव बेचबिखन नियन्त्रणमा तीनै तहको सरकारको सहकार्य जरुरी’

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि तीन वटै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताएका छन् ।

माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रमुख कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी सङ्घसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचबिखन रोकिने धारणा राखे ।

महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाबीच पनि समन्वय जरुरी रहेको उनले बताए । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचबिखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताए ।

माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उनले यस अवधिमा एक सय ३६ जनालाई बेचबिखन हुनबाट जोगाएको जानकारी दिए । संयोजक पोखरेलले ४७ जना बेपत्तामध्ये ११ जना मात्रै फेला परेको जानकारी दिए ।

उनका अनुसार यस अवधिमा एकको उद्धार गरिएको र बेचबिखनमा संलग्न एक जनालाई पक्राउ गरी मुद्दा चलाइएको तथा एक सय पाँचवटा घरेलु हिंसाका घटना भएको बताए। अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, मोरङका प्रहरी प्रमुख शान्तिराज कोइराला, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा लगायतले मन्तव्य राखेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष