नेपाल टि ट्वान्टी क्रिकेट लिग : लुम्बिनीले पोखरालाई हरायो
काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लुम्बिनी अल स्टारले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको हो । पोखराले दिएको १३४ रनको लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै पूरा ग¥यो ।
लुम्बिनीको जितमा कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए भनेसाडले भान स्काल्कविकले अविजित ३१ रन बनाए । साथै, उन्मुक्त चन्दले २२, अनिल शाहले १९ तथा गुल्शन झाले १० रन जोडे । बलिङतर्फ पोखराका विपीन खत्री र कुशल मल्लले समान दुई÷दुई विकेट लिए भने प्रतिश जिसी, अभिमन्यु मिथुन र जाहिर खानले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । पोखराका लागि कुशल मल्लले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ३१ बल खेल्दै पाँच छक्का र पाँच चौकाको मद्दतमा ६१ रन बनाएका थिए । त्यसैगरी उपुल थरङ्गाले ४२ रन जोडे भने विपीन खत्रीले ९ तथा आशिफ शेखले ६ रन जोडे ।
बलिङतर्फ लुम्बिनीका साडले भान स्काल्कविकले तीन विकेट लिए भने किशोर महतो र गुल्सन झाले समान दुई दुई विकेट लिए । त्यस्तै हरमित सिंह र सागर ढकालले समान एक/एक विकेट लिए । यस जितसँगै लुम्बिनीले जारी प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । लुम्बिनीले ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै समान तीन खेल खेलेको पोखरा तीनै खेलमा पराजय भोग्दै अङ्क विहीन छ । पोखरा अङ्क तालिकाको अन्तिम स्थानमा छ । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता छ ।
प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले १० लाख तथा चौथोले रु पाँच लाख पाउने छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया