नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने व्यवसायी महासंघको विश्वास
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको छ ।
महासंघले सोमबार मुलुकको ४४ औँ प्रधानमन्त्रीको शपथ ग्रहण लिएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज विज्ञप्तिमार्फत ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएका हुन् ।
महासंघका अध्यक्ष कुमार कार्कीले नयाँ सरकारको गठनसँगै मुलुकको आर्थिक विकासले गति लिने र देशमा रोजगारीको अवसर वृद्धि हुने विश्वास व्यक्त गरे । ‘निजी क्षेत्रले भोग्नुपरेका समस्या नयाँ सरकारले निराकरण गरी व्यवसायीमैत्री वातावरण बनाउने विश्वास महासङ्घले लिएको छ’, उनले भने ।
महासंघले राजनीतिक स्थायित्वका लागि सरकारमा आबद्ध साथै प्रतिपक्षमा रहने राजनीतिक दलहरू एकताबद्ध भएर राष्ट्र निर्माण गर्न सरकार सफल रहोस् भन्ने कामनासमेत गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया