एक एसपीलाई बर्खास्त र एक डिएसपीलाई निलम्बनको सिफारिस
काठमाडौं । नेपाल प्रहरीले एक प्रहरी अधिकृतलाई बर्खास्त र अर्कालाई निलम्बन गर्न सिफारिस गरेको छ ।
प्रहरी प्रधान कार्यालयले एसपी रामेश्वरप्रसाद यादवलाई बर्खास्त र डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको हो ।
सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि यादवलाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको हो । प्रहरी नियमावलीअनुसार, कुनै पनि प्रहरीमाथि भ्रष्टाचारलगायतका अभियोग अदालतबाट पुष्टि भएपछि सेवामा रहन मिल्दैन ।
डिएसपी केसीमाथि इलाका प्रहरी कार्यालय, बुटवलमा छँदा पदीय दुरूपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको आरोप छ । आरोपपछि प्रहरी प्रधान कार्यालयले उनको घरमा छापा मारेको थियो । जसक्रममा उनको निवासबाट स्रोत नखुलेका सुन र पैसासमेत बरामद भएको थियो ।
डिएसपी केसीलाई निलम्बनका लागि पत्राचार गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया