NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सुनको मूल्य ४०० रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख सात सय रूपैयाँ तोकिएको छापावाल सुन आज एक लाख ११ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ सय छ ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रूपैयाँ बढेर प्रतितोला एक हजार चार सय रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।