प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममा छनोट प्रतियोगिता हुँदै
बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही सातादेखि हुने भएको छ । उक्त छनोट प्रतियोगिता पुस १८ गतेदेखि हुने तय भएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम तथा समूह ‘बी’ मा कैलाली, बझाङ र डडेल्धुरा रहेका छन् ।
कैलालीको फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको पहिलो खेल पुस १८ गते कञ्चनपुर र बैतडीबीच तथा दोस्रो खेल डोटी र अछामबीच हुनेछ सङ्घले जनाएको छ । शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुने छ ।
उक्त छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा यही पुस २९ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता खेल्ने छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया