ताप्लेजुङमा तीन घर जलेर नष्ट

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् ।
आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए ।
भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौंको क्षति भएको स्थानीयले बताए । तीन वटा घर नजिक नजिक रहेकाले एकै समयमा जलेर नष्ट भएको जनाइएको छ ।
घटनाको स्थलगत अनुसन्धानका लागि सान्थाक्रा प्रहरीचौकीबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीको कारण खुलेको छैन । यस्तै क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया