रोमन क्याथोलिकका धर्मगुरु पोप बेनेडिक्टको स्वास्थ्य अवस्था गम्भीर

एजेन्सी । पोप फ्रान्सिसले पोप बेनेडिक्ट (पदबाट राजीनामा दिएका आफ्ना भूतपूर्व पोप) बेनेडिक्ट बुधवार आफ्नो स्वास्थ्य बिग्रिएपछि धेरै बिरामी भएको बताएका छन् ।
‘म तपाईंहरू सबैलाई पोप बेनेडिक्टको लागि विशेष प्रार्थनाको लागि आव्हान गर्दछु। उहाँ धेरै बिरामी हुनुहुन्छु, फ्रान्सिसले बुधबार भ्याटिकनमा आफ्ना आम दर्शकहरूलाई भने,‘चर्चप्रति उहाँको प्रेमका साक्षी प्रभुलाई हामी अनुरोध गर्दछौं कि, उहाँलाई सान्त्वना दिनुहोस् र अन्तिमसम्म टिकाइराख्नुहोस् ।’
भ्याटिकनका एक प्रवक्ताले पछि पुष्टि गर्दै भने, ‘पछिल्ला केही घण्टामा (बेनेडिक्टको) उमेर बढेको कारणले स्वास्थ्य बिग्रिएको छ।’
‘अहिले उहाँको अवस्था नियन्त्रणमा रहेको छ र डाक्टरहरूले निरन्तर निगरानी गरिरहेका छन्’,प्रवक्ता मातेयो ब्रुनी भन्छन्, ‘फ्रान्सिसले आफ्नो साधारण सम्बोधनपछि भ्याटिकन सिटीको मातर इक्लेसिया मठमा आफ्ना बेनेडिक्टलाई भेटेका थिए ।’
सन् २०१३ मा पोप बेनेडिक्ट (सोह्रौं) ले ढल्दो उमेरका कारण ‘पदबाट राजीनामा’ गर्ने निर्णय गरेर संसारलाई चकित पारेका थिए।
पदत्यागको घोषणा गर्ने बेनेडिक्ट लगभग ६०० वर्षयताका पहिलो पोप हुन्, जसले जीवितै छँदा पदत्याग गरेका थिए । उनीभन्दा पहिले पोप ग्रेगरी ९बाह्रौं० ले क्याथोलिक चर्च भित्रको आन्तरिक युद्ध समाप्त गर्नका लागि सन् १४१५ मा पदत्याग गरेका थिए । त्यसबेला पोपको पदमा एक भन्दा बढी व्यक्तिको दाबी रहेको थियो ।
२ वर्षअघि (सन् २०२० मा) बेनेडिक्ट ‘पीडादायी तर गम्भीर अवस्था’ बाट गुज्रिरहेको जानकारी भ्याटिकनले दिएको थियो, त्यसलगत्तै जर्मन सञ्चारमाध्यमले उनी बिरामी भएको उल्लेख गरेका थिए।
दुई वर्षअघि, इटालियन पत्रिका Corriere della Sera मा प्रकाशित एउटा दुर्लभ सार्वजनिक पत्रमा, बेनेडिक्टले लेखेका थिए ‘मेरो शारीरिक शक्ति बिस्तारै कम हुँदै जाँदा, भित्री रूपमा म घरतर्फको तीर्थयात्रामा छु।’
बेनेडिक्टको कार्यकाल विवादरहित भने रहेन, कारणः सन् १९७७ र १९८२ को बीचमा म्युनिख र फ्राइजिङको आर्कबिसपको रूपमा उनी कार्यरत रहँदा क्याथोलिक पादरीहरू यौन दुर्व्यवहारको संलघ्नताको बारेमा यसै जनवरीमा प्रकाशित भएको थियो ।
प्रतिवेदनमा भनिएको छः नाबालिगहरूमाथिको यौन दुर्व्यवहारका चार घटनाहरू (जसमा दुई म्युनिखमा भएका थिए) को बारेमा उनलाई जानकारी गराइएको थियो तर आवश्यक कारबाही गर्न असफल भए, साथै उनी ती घटनामा संलग्न एक पादरीको बारेमा भएको एक बैठकमा उपस्थित थिए ।
बेनेडिक्टले पछि ती आरोपहरूका विरुद्ध बोल्दै, सो बैठकमा गएको स्वीकार गरे । साथै, प्रतिवेदनमा उल्लेख भएका पादरीमाथि यौन दुर्व्यव्हारको आरोप छ भन्ने कुराको जानकारी आफूलाई त्यसबेला नभएको बताएका थिए ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया