अर्थतन्त्रलाई आफ्नै लयमा फर्काउँछु : अर्थ मन्त्री पौडेल

काठमाडौं । नवगठित सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको र यसलाई दिगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताएका छन्।
बुधबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को कार्यसमितिसँगको भेटमा मन्त्री पौडेलले भने, “अर्थतन्त्रको स्थिति काबु बाहिर पुग्यो भन्ने होइन । समस्या धेरै छन् । यद्यपि, सावधानीपूर्वक अघि बढ्यौँ भने हामीले चाँडै सुधार गर्न सक्छौँ ।”
आफू सरकार बाहिर हुँदा पनि मुलुकको अर्थतन्त्रको अवस्थालाई मिहिनरुपले हेर्ने गरेको उनको भनाइ छ । “म बाहिर बसेर पनि अर्थतन्त्रलाई हेरिरहेको थिए र अहिले सरकारमा बसेर विभिन्न क्षेत्रका सुझाव लिइरहेको छु । बाहिर बसेर हेर्दा र भित्र बसेर हेर्दा अलि फरक पर्ने रहेछ । त्यसको महसुस मैले पनि गरिरहेको छु ।” पौडेलले भने ।
अहिले सबैको सरोकार अर्थतन्त्रलाई ठीक ठाउँमा ल्याउनु भएकाले समस्यालाई ठीक ढङ्गले चिन्ने र यसको उपयुक्त समाधानको खोजी गर्नुपर्ने मन्त्री पौडेलको भनाइ छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया