पिएसओमा अवकाशप्राप्त प्रहरीलाई विभेद

काठमाडौं । उच्च पदबाट अवकाश पाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधामा आफूहरूमाथि विभेद भएको गुनासो गरेका छन् । उच्च पदबाट अवकाश पाउँदा पनि आफूहरूको सुविधा कटौती भएको उनीहरूको भनाइ छ ।
विगतमा एआइजी तथा डिआइजीबाट अवकाश पाएका प्रहरीले अवकाशपछि सुरक्षाकर्मीको सुविधा पाउँथे । तर, दुई वर्षअघि कटौती गरिएको थियो । नेपाली सेनामा भने सहायक रथी र त्योभन्दा माथिका अधिकारीले अवकाशपछि पनि यस्तो सुविधा पाउने गरेका छन् ।
‘सुरक्षा जोखिम प्रहरी अधिकारीलाई अवकाशपछि पनि धेरै हुन्छ,’ एक एआइजीले भने, ‘सुरक्षा निकायको विशिष्ट श्रेणीबाट अवकाश पाउँदा सुरक्षा नपाउने भनेको हामीमाथिको अपमान पनि हो ।’ केही अवकाशप्राप्त प्रहरीले आइजिपीलाई आग्रह गरेर सुरक्षाकर्मी राखेका थिए । गृह मन्त्रालयको निर्देशनपछि उनीहरूलाई फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ,नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया