पिएसओमा अवकाशप्राप्त प्रहरीलाई विभेद
काठमाडौं । उच्च पदबाट अवकाश पाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधामा आफूहरूमाथि विभेद भएको गुनासो गरेका छन् । उच्च पदबाट अवकाश पाउँदा पनि आफूहरूको सुविधा कटौती भएको उनीहरूको भनाइ छ ।
विगतमा एआइजी तथा डिआइजीबाट अवकाश पाएका प्रहरीले अवकाशपछि सुरक्षाकर्मीको सुविधा पाउँथे । तर, दुई वर्षअघि कटौती गरिएको थियो । नेपाली सेनामा भने सहायक रथी र त्योभन्दा माथिका अधिकारीले अवकाशपछि पनि यस्तो सुविधा पाउने गरेका छन् ।
‘सुरक्षा जोखिम प्रहरी अधिकारीलाई अवकाशपछि पनि धेरै हुन्छ,’ एक एआइजीले भने, ‘सुरक्षा निकायको विशिष्ट श्रेणीबाट अवकाश पाउँदा सुरक्षा नपाउने भनेको हामीमाथिको अपमान पनि हो ।’ केही अवकाशप्राप्त प्रहरीले आइजिपीलाई आग्रह गरेर सुरक्षाकर्मी राखेका थिए । गृह मन्त्रालयको निर्देशनपछि उनीहरूलाई फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ,नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया