चेतन ऐडीको हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र
काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई अनेरास्ववियुले केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीका हत्यारालाई कारबाहीको माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ ।
गृहमन्त्री लामिछानेलाई अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले हत्यामा सङ्लग्नलाई पक्राउ गरी कारबाही गर्न माग राखेको हो । गृहमन्त्री लामिछानेले हत्यामा संलग्नलाई पक्राउ गर्ने प्रतिबद्धता जनाउनुभएको अनेरास्ववियुका महासचिव समिक वडालले जानकारी दिए ।
गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका दिन बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–७ स्थित मतदानस्थलमा भएको विवादमा राति आफ्नै घरमा सुतिरहेको बेला अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य ऐडीको हत्या भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया