महान् फुटबलर पेलेको निधन

काठमाडौं । ब्राजिललाई तीन पटक विश्वकप फुटबलको उपाधि दिलाएका महान् फुटबलर पेलेको निधन भएको छ । लामो समयदेखि अस्पतालमा उपचाररत पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।
पेले किड्नी तथा मुटुको समस्याले ग्रस्त थिए । साथै उनमा क्यान्सरको समेत संक्रमण भएको थियो । स्वास्थ्य अवस्था खराब बन्दै गएपछि उनी गत २९ नोभेम्बरमा अस्पताल भर्ना भएका थिए ।
तर उनको स्वास्थ्यमा कुनै सुधार आएन । त्यसपछि अस्पतालले आइसियूमा राखेर उपचार गर्यो । आइसियूमा पनि केही सुधार नआएपछि उनलाई विशिष्ट प्रविधियुक्त कक्षमा राखी उपचार गरिएको थियो ।
पेलेलाई फुटबलका लिजेण्ड मानिन्छ । उनले सन् १९५८, १९६२ र १९७० मा आफ्नो देश ब्राजिललाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए । उनले ब्राजिलका निम्ति ९१ अन्तर्राष्ट्रिय खेल खेले जसमा उनले गरेको गोल संख्या ७७ छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया