नेपाल क्लियरिङ हाउस ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लि ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लव नेपालद्धारा वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्डअन्तर्गत फ्यान टेकको विधामा यस वर्ष नेपालक्लियरिङ्ग हाउस लि (एनसीएचएल) लाई अवार्ड प्रदान गरिएको हो । उक्तअवार्ड समारोहमा एनसीएचएलसहित विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट,संस्थाहरुलाई अवार्ड प्रदान गरिएको हो ।
डिजिटल रुपान्तरणका लागि उल्लेखनिय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएको महत्वपूर्ण योगदान तथा यसका निम्ति संस्थागत रुपमा एनसीएचएलले अपनाएका परिणाममूखी अभ्यासहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।
भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ , अन्तर र्बैंक विद्युतीय भुक्तानमा कनेक्ट आइपीएस, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस, कर्पोरेट पे र रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल पे क्युआर लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पु-याउदै आएको छ ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया